२९ असार २०८३, सोमबार

प्रहरीको व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : महानिरीक्षक कुँवर

असोज ५, २०८०
चितवन
प्रहरीको व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन आवश्यक रहेको बताएका छन् । 

नेपाल प्रहरी जुनियर अधिकृत शिक्षालय भरतपुरले आज आयोजना गरेको २–१७८ औं समूहको दीक्षान्त समारोहमा उनले तालिमले व्यवहार, मनोवृत्ति र सोच परिवर्तन गर्न सिकाएको बताए ।

महानिरीक्षक कुँवरले भने, “प्रहरीको जीवन भनेको तनाव, दबाब र चुनौतीपूर्ण छ । सही र सशक्त मानसिकताले यसको सामना गर्नुपर्छ ।” कार्य क्षेत्रमा जाँदा चुनौतीलाई बिर्सन नहुने भन्दै उनले चुनौतीको सामना गर्नु नै प्रहरीको मुख्य जिम्मेवारी रहेको बताए ।

null

देश र नागरिकको सेवा गर्ने अवसरलाई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्ने महानिरीक्षक कुँवरको भनाइ थियो । 

कार्यक्रममा विसं २०७९ भदौ २० गतेदेखि सञ्चालनमा आएको तालिममा सहभागी ५५ महिलासहित चार सय २६ प्रहरी सहायक निरीक्षक दीक्षित भएका थिए । 

कार्यक्रममा शिक्षालयकी समादेशक प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले दीक्षित सबैलाई कार्य क्षेत्रमा सफलताको शुभकामना व्यक्त गरे ।

null

salt training

कमेन्ट गर्नुहोस्