
भारतले पहिलो एक दिवसीय क्रिकेटमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ । जितसँगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।
२७६ रनको लक्ष्य पछ्याएको भारतले २८१ रन बनाएर खेल जितेको हो । शुभमन गिलले ७४ तथा ऋतुराज गायकवाडले ७१ रन बनाए । कप्तान केएल राहुलले नटआउट ५८ तथा सूर्यकुमार यादवले ५० रन बनाएका हुन ।
टस जितेर ब्याटिङको निम्तो दिएको भारतले अस्ट्रेलियालाई २७६ रनमा अलआउट गरेको थियो । जवाफमा टिम भारतले ४८.४ ओभरमा पाँच विकेट गुमाएर २८१ रन बनाएर खेल जित्यो । अब भारत र अष्ट्रेलियाबीचको दोस्रो एकदिवसीय खेल २४ सेप्टेम्बर आइतबार हुनेछ ।