काठमाडौँ, ५ असोज- १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना बिनाप्रतिस्पर्धा चीनको गेजुवा ग्रुपलाई दिनुका आधार र कारण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ, कान्तिपुरमा खबर छ ।

गेजुवा ग्रुपलाई इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन एन्ड फाइनान्स (इपीसी एन्ड एफ) मोडलमा दिने निर्णय गरेलगत्तै अध्ययन गरिरहेको लेखा समितिले आधार र कारणसहित अन्य सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
‘१२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना इपीसीएफ मोडेलमा कार्यान्वयन गर्ने चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडसँग सम्झौता गर्नुपूर्वका निर्णय, सम्झौता पश्चातका निर्णय, सम्झौता गर्नुपर्ने आधार र कारणलगायतका सम्पूर्ण कागजात २०७४/०६/०८ सम्म समितिमा आइपुग्ने गरी उपलब्ध गराउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिने,’ समितिको निर्णयमा भनिएको छ, ‘र यस विषयमा समितिको अर्को बैठकमा प्रधानमन्त्री, ऊर्जामन्त्री, नेपाल सरकारका मुख्य सचिव र ऊर्जा मन्त्रालयका सचिवलाई आमन्त्रण गरी छलफल गर्ने ।’
धादिङ र गोरखामा अवस्थति यो आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन एन्ड फाइनान्स (इपीसी एन्ड फाइनान्स) मोडमा बनाउने गरी चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई निर्माणको जिम्मा दिइएको हो ।