जनकपुर, ५ असोज– धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
मुखियापट्टी मुसहरनियाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार मनोज यादवी विजयी भएका हुन् । उनले ३५४० मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सामबाबू यादवले १९९२ मत मात्रै प्राप्त गर्न सके ।
मुखियापट्टी मुसहरनियाको उपाध्यक्षमा पनि नेकपा एमालेकै मीरादेवी महतो विजयी भएकी छन् । महतोले ३६६० मत ल्याइन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी अनिता चौधरीले १९८८ मत प्राप्त गरिन् ।