
नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ । मंगोलियाविरुद्ध नेपालले २० ओभरमै ३१४ रन बनाएर विश्व कीर्तिमान बनाएको हो ।
यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८ रन बनाएको थियो । नेपालले अफगानिस्तानको रेकर्ड तोडेको हो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक १३७ रन बनाए । उनले मात्रै ५० बलमा १३७ रन बनाए । १३७ रन बनाउने क्रममा उनले ८ चौका र १२ छक्का प्रहार गरे ।
यस्तै कप्तान रोहित पौडेलले २७ बलमा ६१ रन बनाए । उनले २ चौका र ६ छक्का हाने । दिपेन्द्र सिंह ऐरीले मात्रै १० बलमा ५२ रन बनाए । उनले ८ छक्का प्रहार गरे ।