
नेपाल प्रहरीले दोलखाको सिंगटीबाट ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय, दोलाखाका प्रमुख डीएसपी दीपक खड्काका अनुसार सुनजस्तो देखिने चार थान बिस्कुट बरामद गरिएको हाे ।
इलाका प्रहरी कार्यालय सिंगटी र जिल्ला प्रहरी कार्यालयऽ दोलखाको टोलीले सुन कारोबारमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।
‘अहिले केही व्यक्ति पक्राउ परेका छन्, उनीहरूको संलग्नताको बारेमा पनि अनुसन्धान हुँदैछ,’ डीएसपी खड्काले लोकान्तरसँग भने
चीनको तिब्बत र दोलखाको सीमाना फलेकहुँदै सो सुन सिंगटीमा ल्याएको पक्राउ परेका अभियुक्तले बताएको प्रहरीको भनाइ छ ।