०३ असार २०८३, बुधबार

न्युरोडमा जात्रा हेर्न गएका व्यक्तिलाई खुकुरी हान्ने प्रमुख अभियुक्त पक्राउ

असोज १६, २०८०
काठमाडौं
न्युरोडमा जात्रा हेर्न गएका व्यक्तिलाई खुकुरी हान्ने प्रमुख अभियुक्त पक्राउ

काठमाडौंको न्युरोडमा जात्रा हेर्न गएका व्यक्तिलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका ५ घर भइ पाटनढोका बस्ने १९ वर्षीय अरविन्द्र ठकुरी रहेका छन् ।

यस साेही घटनामा संलग्न रहेको आरोपमा काठमाडौं प्रहरी परिसरले २ जनालाई पक्राउ गरेको थियो । तर प्रहरीले उनीहरूको संलग्नताबारे केही बताएको छैन ।

सानो पशुपतिमा जात्रा हेर्न गएका ओखलढुंगाको लिखु गाउँपालिका–४ का सनी कार्कीको सोमवार हत्या भएको हो ।

काठमाडौं प्रहरी परिसरका एसपी कुमुद ढुंगेलका अनुसार धारिलो हतियार प्रहारबाट घाइते भएका उनको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्