
दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तासी दावा भन्ने ६६ वर्षीय आगर लामा रहेका छन् ।
नेपालमा सुन ल्याउन भूमिका खेलेको आरोपमा उनलाई स्वयम्भूबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।
यसअघि साेही प्रकरणमा चिनियाँ नागरिकसहित तीन जनालाई प्रहरीले काठमाडौंबाटै पक्राउ गरेको थियो ।
दोलखाबाट फरक-फरक समयमा प्रहरीले ११ किलो सुन बरामद गरेको थियो ।