१६ असार २०८३, मंगलबार

कपिल शर्माकी पर्दाकी गर्लफ्रेन्ड सुमोना नयाँ शोमा

कात्तिक २०, २०७४
कपिल शर्माकी पर्दाकी गर्लफ्रेन्ड सुमोना नयाँ शोमा

काठमाडौं, ६ असोज — ‘द कपिल शर्मा शो’ मा कप्पु शर्माकी गर्लफ्रेन्ड सरलाको भूमिकामा देखिने सुमोना चक्रवर्ती नयाँ टीभी शो ‘देव’ मा देखिने भएकी छन् । उनको यो शो थ्रिलर विधाको हो ।


कपिलसँग आफू शुरुदेखि अन्तिमसम्मै जोडिएको बताउने सुमोनाले कपिलको शोका कारण आफूलाई लोकप्रियता प्राप्त भएको बताउँछिन् ।

‘मैले यही शोबाट आफ्नो अभिनयकला देखाउन पाएँ । शोमा मैले विभिन्न पात्रको भूमिका निर्वाह गरें र दर्शकले त्यसको प्रशंसा गरे,’ उनले भनिन् ।

कपिलको शो अत्यधिक लोकप्रिय भएका कारण सानो सानो कुरालाई पनि बढाइचढाइ गरिने गरेको उनले बताइन् ।

‘म कपिलको शोका बारेमा केही बोल्दिनँ । यो पहिलेदेखि नै हिट शो हो र सधैं हिट रहनेछ,’ उनले भनिन् ।

नयाँ शो ‘देव’ मा सुमोना मीरा बनर्जीको भूमिकामा रहनेछिन् । उनी तान्त्रिक विद्यामार्फत आत्माहरूसँग सम्पर्क गरेर जासूसलाई मद्दत गर्ने पात्र बनेकी छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्