×

NIC ASIA

किसानले पाएनन् दुध बेचेको पैसा

डीडीसीले दिएन दुधको भुक्तानी: ८ हजार किसानको ११ करोड उधारो, चार महिनादेखि पाएनन् पैसा

विराटनगर | असोज २२, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

दुध बेचेर गुजारा चलाउँदै आएका पूर्वका किसानलाई दशैँ नजिकिएसँगै चिन्ता थपिएको छन् । दुध बेचेको पैसा नपाएपछि उनीहरूलाई दशैँ कसरी मनाउने भन्ने चिन्ताले पिरोल्न थालेको हो । किसानले चार महिनादेखि दुध बेचेको पैसा पाएका छैनन् । 

लामो समयदेखि दुध बेचेको पैसा नपाउँदा दशैँ कसरी मनाउने भन्ने चिन्ताले सताउन थालेको इलाम कन्याम चिलिङ सेन्टरका व्यवस्थापक रविन निरौलाले बताए । ‘दुग्ध विकास संस्थानलाई दुध बेचेका सहकारी सदस्य किसानले लामो समयदेखि भुक्तानी पाएका छैनन् । उनीहरूलाई दशैँ कसरी मनाउने भन्ने चिन्ता छ,’ उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुग्ध विकास संस्थान (डीडीसी)को विराटनगरमा रहेको दुग्ध वितरण आयोजनाले इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सप्तरी जिल्लाबाट दुध संकलन गर्दै आएको छ । सयौं सहकारी तथा संकलन केन्द्रसँग डीडीसीले असारयता खरिद गरेको दुधको भूक्तानी दिएको छैन । ८ हजार किसानले जेठपछिको भुक्तानी नपाएको बताएका छन् । 


Advertisment
Rupse Holidays
Nabil box

अहिले पनि दुधको भुक्तानी गर्न डीडीसीले कुनै चासो नदिएको किसानको गुनासो छ । दशैँअगाडि नै रकम भुक्तानी गर्न सहकारी र संकलन केन्द्रमा किसानले दैनिक ताकेता गरे पनि डीडीसीले चासो नदिएको उनीहरूको गुनासो छ । विराटनगरस्थित दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीले करिब ८ हजार हाराहारी किसानले उत्पादन गरेको दुध खरिद गर्दै आएको बताए । 

Vianet communication

डीडीसीले जेठ महिनासम्म किसानसँग खरिद गरेको दुधको भुक्तानी गरेको छ । तर, गत आर्थिक वर्षको असार र चालु आर्थिक वर्षको साउन, भदौ र असोज तेस्रो साता गरी झण्डै चार महिनाको रकम भुक्तानी गरेको छैन । 

भदौ महिनासम्म करिब ११ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको आयोजना प्रमुख चौधरीले बताए ।  ‘हाम्रो आयोजनाको मात्र होइन संस्थानका सबै आयोजनामा यस्तै अनुपातमा बक्यौता छ,’ चौधरीले भने, ‘हामी किसानलाई सकेसम्म दशैँअगाडि नै भुक्तानी दिन पहल गरिरहेका छौं ।’

गत वर्षको पुस महिनासम्म डीडीसीलाई दुध बेच्दै आएको इलामको कन्याम चिलिङ सेन्टर अहिले बन्द भएको छ । डीडीसीले समयमा दुधको भुक्तानी नगरेका कारण चिलिङ सेन्टर बन्द भएको हो । 

सेन्टरले डीडीसीलाई दुध बेच्न छोडे पनि गतवर्ष ५०० लिटरभन्दा बढी दुध उपलब्ध गराउने सम्झौता गरेका सहकारी र सेन्टरहरूलाई दिने भनेको प्रतिलिटर थप ३ रुपैयाँ र कमिशन (पीएस) वापतको करिब ७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेका छ ।  चिलिङ सेन्टरले डीडीसीको परिपत्रअनुसार सहकारीलाई रकम उपलब्ध गराए पनि आफूले भुक्तानी पाउन नसकेपछि घाटामा गएर बन्द गर्नुपरेको सेन्टर व्यवस्थापक निरौलाले बताए ।

उनका अनुसार इलामका सहकारीहरूलाई मात्र दुधबाहेक दुधजन्य पदार्थको करिब २ करोड रुपैयाँ डीडीसीले भुक्तानी गर्न बाँकी छ ।

दुधको भुक्तानी अनियमित भएपछि किसानले डीडीसीसँग सम्झौता गरेका सहकारी र संकलन केन्द्रलाई दुध उपलब्ध गराउन छोडेपछि इलाममा सञ्चालित ६ वटा चिलिङ सेन्टर वर्ष बन्द भएका छन् । अहिले तीन वटा सेन्टरले थोरै परिमाणमा दुध किनिरहेका छन् । 

लामो समयदेखि दुधको भुक्तानी नपाएका किसान जसरी पनि दशैँमा पैसा चाहियो भन्दै सहकारीलाई दबाब दिइरहेका छन् । तर, सहकारीहरू एकैपटक लाखौं रुपैयाँ भुक्तानी गर्न सक्ने अवस्थामा छैनन् । 

तेह्रथुमका किसान अर्जुन पोख्रेल भन्छन्, ‘दुध उत्पादन गर्न नियमित लगानी गर्नुपर्छ, गाई, भैंसीलाई दाना, औषधि आदि दिन दैनिक लगानी आवश्यक पर्छ तर, चार/पाँच महिनादेखि दुध बेचेको पैसा नपाएपछि किसानले कसरी थेग्न सक्छ ?’ उनले स्थानीय दुग्ध सहकारीलाई दुध बेच्न छाडेर अन्यत्र नै बेच्न थालेको बताए । 

किसानले डिडीडीसीलाई दुध बेच्न छोडेर निजी डेरीलाई दिन थालेका छन् । निजी डेरीहरूले भदौ १५ गतेसम्मको भुक्तानी दिइसकेका छन् । दशैँअगाडि असोज १५ सम्मको भुक्तानी गर्ने आश्वासन निजी डेरीले दिएका छन् । 

तर, पछिल्लो समय निजी डेरीले पनि घ्यू बिक्री नभएको र बढी भएको दुधबाट पाउडर (धूलो दुध) बनाएर राख्नु पर्दा चालु पुँजी अभाव भएको खबर गाउँमा पठाइरहेका छन् । जसबाट निजी डेरीलाई दुध बेच्दै आएका किसानहरू पनि दशैैँंमा रकम पाउने नपाउने भन्ने संशयमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x