२१ जेठ २०८३, बिहीबार

अवैधरूपमा ल्याइएको साढे ९ लाखबराबरको पटका सशस्त्र प्रहरीद्वारा बरामद

असोज २३, २०८०
बुटवल
अवैधरूपमा ल्याइएको साढे ९ लाखबराबरको पटका सशस्त्र प्रहरीद्वारा बरामद

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ कुनवारबाट प्रहरीले मंगलबार दिउँसो ठूलो परिणाममा पटका बरामद भएको छ ।

भित्री सडकबाट पिकअपमा लोड गरेर भूमहीतर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नं. २६ गण नवलपरासीको गस्ती टोलीले उक्त पटका बरामद गरेको हो ।

बरामद भएको पटकाको बजार मूल्य ९ लाख ५० हजारभन्दा बढी रहेको गणका सूचना अधिकारी डीएसपी यज्ञमान साउदले जानकारी दिए ।

भारतको ठुठीबारीबाट महेशपुर नाका हुँदै उक्त पटका ल्याइएको हो । बरामद भएको पटका एक पिसलाई ३० देखि ८/९ सय रुपैयाँसम्म पर्ने खालको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

तीव्र गतिमा गाडी कुदेको देखेपछि शंका लागी चेकजाँच गर्ने क्रममा बाग्मती प्रदेश ०३, ००१ च ११३८ नं. को पिकअपबाट पटका बरामद भएको डीएसपी साउदले बताए । 

बरामद भएको पटकालाई खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पटकासँगै बरामद सवारी साधनलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार चलान गरिएको छ । 

पटकासँगै पक्राउ परेका चालकलाई लिएर शंकास्पद गोदाम हेर्न पुगेका सशस्त्र प्रहरी र स्थानीयबीच विवाद उत्पन्न भएको थियो । 

विवादका क्रममा सशस्त्र प्रहरीको गाडीमा रहेका पिकअप भ्यानका चालक पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरका सुनिल गुप्तालाई स्थानीयको भीडले भगाएको सशस्त्र प्रहरीले जनाएको छ ।

गाडीको कागजपत्र र चालकको लाइसेन्स भने प्रहरीसँगै छ । त्यसै आधारमा फरार चालकलाई पक्राउ गरिने साउदले बताए ।

salt training

कमेन्ट गर्नुहोस्