०७ साउन २०८३, बिहीबार

‘जनयुद्ध दिवस’को बिदा खारेजीको माग राख्ने कृष्ण पहाडीसहित १६ जना गिरफ्तार

असोज २६, २०८०
काठमाडौं
‘जनयुद्ध दिवस’को बिदा खारेजीको माग राख्ने कृष्ण पहाडीसहित १६ जना गिरफ्तार

माओवादीले सशस्त्र जनयुद्ध शुरू गरेको दिन फागुन १ लाई सार्वजनिक बिदा दिने लगायत निर्णय फिर्ताको मागसहित प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मानव अधिकार तथा शान्ति समाजले शुक्रवार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि प्रदर्शन गरेको थियो । 

विस्तृत शान्ति सम्झौताको मर्म अनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी विधेयक मानव अधिकारमैत्री बनाउनु पर्ने लगायत माग राखी मानव अधिकारवादी नेता कृष्ण पहाडी लगायत धर्नामा बसेका थिए । 

फागुन १ गतेका लागि ‘जनयुद्ध दिवस’ का नाममा बिदा दिने निर्णय शिघ्र खारेज गर्नुपर्ने तथा कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर्नुपर्ने मागसहित उनीहरूले धनाए दिएका थिए । 

प्रदर्शन शुरू भएलगत्तै प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल लगायत १६ जनालाई गिरफ्तार गरी प्रहरी वृत्त महानगर भृकुटीमण्डपमा राखेको छ । 

विस्तृत शान्ति सम्झौताको मर्म विपरीत मानव अधिकारको गम्भीर उल्लंघन कर्तालाई माफी दिने चलखेल भइरहेको भन्दै शान्ति समाजले आन्दोलन गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्