
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रचण्डले कोशीमा सत्ता गठबन्धनकै सरकार बन्छ भनेर दिएको अभिव्यक्तिको कटाक्ष गरेका छन् ।
कोशी प्रदेशमा कांग्रेसका विद्रोह ८ जनालाई एमालेले समर्थन गरेपछि केदार कार्की मुख्यमन्त्री बनेका थिए । तर प्रचण्डले कोशीमा सत्ता गठबन्धनकै सरकार बनेपछि बाँस्कोटाले प्रचण्डको बयानप्रति व्यंग्य गरेका हुन् ।
‘जहाँ ढुङगो खस्छ, त्यै प्रचण्डपथ हो। कोशीबारे प्रचण्डको ताजा बयानले सोही प्रमाणित भयो रे । आखिर, ग्लोरिफाइ पनि एक कला रहेछ।’ गोकुलले सामाजिक सञ्जालमा लेखेका छन् ।
गठबन्धनले इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारे पनि एमाले सहयोगमा कांग्रेसका विद्रोही कार्की मुख्यमन्त्री नियुक्त भएका छन् ।
तर कोशीमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच गठबन्धनलाई दृढ राख्ने सहमति भएको थियो ।