२२ असार २०८३, सोमबार

दोलखामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

कात्तिक ७, २०८०
काठमाडौं
दोलखामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

दोलखामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बिगु गाउँपालिका–२ टुकुखोला बा १४ च ८९३४ नम्बरको जीप गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा बिगु–२ कै २० वर्षीया चिनीमाया तामाङ र  २२ कि बालमायी तामाङको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता इन्स्पेक्टर धर्मेशकुमार यादवले जानकारी दिए । उनका अनुसार घाइतेहरूको अवस्था मध्यम रहेको छ । उनीहरूको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

एक जना भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । अप्ठ्यारो सडकमा तीव्र गतिका कारण अनियन्त्रित भई जीप पल्टिएको उनले बताए । 


 

salt training

कमेन्ट गर्नुहोस्