२२ असार २०८३, सोमबार

१६ दिनको अन्तरालपछि प्रतिनिधि सभा बैठक

कात्तिक १२, २०८०
काठमाडौं
१६ दिनको अन्तरालपछि प्रतिनिधि सभा बैठक

दशैं बिदाका कारण लामो समय स्थगित प्रतिनिधि सभाको बैठक आइतवार बस्दैछ ।

गत असोज २६ गते बसेर स्थगित प्रतिनिधि सभाको बैठक आइतवार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक पेश गर्ने कार्यसूची छ ।

आइतवारको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टनियो गुटरेसले संयुक्त सदनको बैठकलाई सम्बोधन गर्ने जानकारी गराउने कार्यसूची समेत छ ।

महासचिव गुटरेसले मंगलवार संघीय संसद्लाई सम्बोधन गर्ने तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्