२० असार २०८३, शनिबार

१२९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक, ७ को आउन बाँकी

कात्तिक २०, २०७४
१२९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक, ७ को आउन बाँकी


काठमाडौँ, ८ असोज - यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये आज साँझसम्म १२९ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।Madhesh-Vote-Count

प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३७, नेकपा एमाले १७, नेकपा माओवादी केन्द्र २१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी फोरम नेपाल २४, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपाल एक स्थानमा विजयी भएका छन् ।

यसैगरी, जम्मा एक हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २२३ वडाको मतगणना कार्य सम्पन्न भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । अब सात स्थानीय तह र ४८ वडाको निर्वाचन परिणाम आउन बाँकी छ । असोज २ गते १३६ स्थानीय तहका एक हजार २७१ वडाका लागि निर्वाचन भएको थियो ।

आयोगका अनुसार, सिराह, महोत्तरी र सर्लाहीका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । सप्तरीको राजविराज नगरपालिका, धनुषाको सबैला नगरपालिका, रौतहटको गरुडा नगरपालिका, बाराको कलैया उपमहानगरपालिका, कोल्हवी नगरपालिका र बारागढी गाउँपालिका तथा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा मतगणना कार्य जारी छ । बाँकी स्थानीय तहको मतगणना कार्यलाई छिटो सम्पन्न गर्ने गरी गणना कार्य भइरहेको प्रवक्ता ढकालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्