२९ असार २०८३, सोमबार
टी-२० विश्वकप छनोट

नेपाललाई दोस्रो झट्का, सोमपाल कामी १२ रन जोडेर आउट

कात्तिक १६, २०८०
काठमाडौं
नेपाललाई दोस्रो झट्का, सोमपाल कामी १२ रन जोडेर आउट
फाइल फोटो

आईसीसी टी-ट्वान्टी विश्वकप छनोटमा ओमानविरुद्ध नेपाललाई दोस्रो झट्का लागेको छ ।

५ ओभरभित्र नेपालले आशिफ शेख र सोमपाल कामीको विकेट गुमाएको हो । ८ बल खेलेका आशिफ ५ र ९ बल खेलेका सोमपाल १२ रन जोडेर आउट भए ।

यो समाचार तयार पार्दासम्म नेपालले ५ ओभरमा २ विकेट गुमाएर ३७ रन जोडेको छ ।

कीर्तिपुरमा नेपालले १४६ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको हो ।

यो खेलको नतिजाले समूह विजेताको टुंगो लाग्नेछ ।

यद्यपि नेपाल र ओमान दुवैले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

समूह विजेताले अर्को समूहको दोस्रो र उपविजेताले पहिलो टीमसँग शुक्रवार प्रतिस्पर्धा गर्नेछ ।

अर्को समूहमा यूएई, हङकङ र बहराइन सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्