![प्रमुख जिल्ला अधिकारीसहित ४० उपसचिवको सरुवा [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Ministry_of_Home_Affairs_R0iCkNCaNU.png)
गृह मन्त्रालयले मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मातहतका ४० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ।
राजपत्राङ्कित द्वितीय श्रेणीका ४० जनालाई बिहीवार प्रमुख जिल्ला अधिकारी र विभिन्न महाशाखामा जिम्मेवारी तोकिएको हो ।
गृह मन्त्रालयमा रहेका उपसचिव विश्वामित्र कुइँकेललाई बझाङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
सरुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलाई बैतडी सरुवा गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काजमा खटाइएको छ ।
अध्यागमन विभागमा रहेका खिमराज भुसाल दैलेखको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएका छन् ।
कसको जिम्मेवारी कहाँ, हेरौं सूची: