२७ जेठ २०८३, बुधबार
सीसी क्याम्मेरा बन्द गरेर कुटपिट

गाउँपालिका उपाध्यक्षले गरे प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमै कुटपिट

कात्तिक १६, २०८०
बुटवल
गाउँपालिका उपाध्यक्षले गरे प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमै कुटपिट

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी)ले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई कुटपिट गरेका छन् ।

बिहीवार दिउँसो आफ्नो कार्यकक्षमा प्रवेश गरी उपाध्यक्ष कुर्मीले हातपात गरी गालीगलौज गरेका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताएका छन् ।

वादविवादका क्रममा ज्ञवालीको ‘नेम प्लेट’ र उनको कार्यकक्षमा रहेको टेबुलको सिसा पनि फुटेको छ ।

‘मेरो कार्यकक्षमा आएर गाडी चाहियो भनेर उनका चालकले भनेका थिए’ ज्ञवालीले लोकान्तरसँग भने, ‘शुरूमा जेनेरेटर अफ गरेछन् । सीसीटीभी अफ गरेर मेरो कार्यकक्षमा आएका रहेछन् । भित्र छिरेर शुरूमै मेरो टाउकोमा दुई बक्सिङ हाने । टेबलमाथिको सिसा फुटाएर हान्न खोज्दा साथीहरूले जगाए ।’

उपाध्यक्ष कार्यकक्षबाट निस्केर बाहिर १० मिनेट गाली गरेर निस्केका ज्ञवालीले बताए ।

गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीको अध्यक्षतामा बैठक बसेर उपाध्यक्षलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन् । उनलाई कारवाही नगरेसम्म गाउँपालिका र वडा कार्यालयको सबै काम ठप्प पार्ने निर्णय पनि गरेका छन् ।

त्यस्तै अध्यक्ष चौधरी र अधिकृत ज्ञवाली लगायतका कर्मचारीले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य भेटेर ज्ञापनपत्र दिई कडा कारवाहीको माग गरेका छन् ।

तर उपाध्यक्ष कुर्मीले आफूले हात छाडेको गाली मात्रै गरेको दावी गरेका छन् । ‘हाकिमले सरकारी गाडी दुरुपयोग गरेका छन्’ कुर्मीले भने, ‘हाकिम सरकारी क्वार्टरमा बस्दैनन् । गाडी लिएर गुल्मी जान्छन् । मैले सरकारी गाडी लिएको छैन । एक दिन गाडी माग्दा निर्णय माग्ने ?’ उनले थपे, ‘आफ्नो अधिकारले पाएका विषयवस्तुमा तोकआदेश गर्दा बेवास्ता गर्दै फर्काउने गरेको र काम विशेष कार्यालयको गाडी माग्दा नदिएकाले विवाद भए हो ।’ 

अनुगमनको विषयमा पनि हाकिम र अध्यक्षले आफूलाई एक्लै पार्दै आएको उनको भनाइ छ ।

उपाध्यक्ष कुर्मी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् भने, अध्यक्ष कमलेश लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा)बाट निर्वाचित हुन् । पालिकामा विवाद हुँदा यस अघि पनि समयमै बजेट आउन सकेको थिएन ।

nullnullnull

salt training

कमेन्ट गर्नुहोस्