×

NMB BANK
NIC ASIA

सीसी क्याम्मेरा बन्द गरेर कुटपिट

गाउँपालिका उपाध्यक्षले गरे प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमै कुटपिट

बुटवल | कात्तिक १६, २०८०

NTC
Premier Steels

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी)ले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई कुटपिट गरेका छन् ।

Muktinath Bank

बिहीवार दिउँसो आफ्नो कार्यकक्षमा प्रवेश गरी उपाध्यक्ष कुर्मीले हातपात गरी गालीगलौज गरेका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वादविवादका क्रममा ज्ञवालीको ‘नेम प्लेट’ र उनको कार्यकक्षमा रहेको टेबुलको सिसा पनि फुटेको छ ।


Advertisment
Nabil box
Kumari

‘मेरो कार्यकक्षमा आएर गाडी चाहियो भनेर उनका चालकले भनेका थिए’ ज्ञवालीले लोकान्तरसँग भने, ‘शुरूमा जेनेरेटर अफ गरेछन् । सीसीटीभी अफ गरेर मेरो कार्यकक्षमा आएका रहेछन् । भित्र छिरेर शुरूमै मेरो टाउकोमा दुई बक्सिङ हाने । टेबलमाथिको सिसा फुटाएर हान्न खोज्दा साथीहरूले जगाए ।’

Vianet communication

उपाध्यक्ष कार्यकक्षबाट निस्केर बाहिर १० मिनेट गाली गरेर निस्केका ज्ञवालीले बताए ।

गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीको अध्यक्षतामा बैठक बसेर उपाध्यक्षलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन् । उनलाई कारवाही नगरेसम्म गाउँपालिका र वडा कार्यालयको सबै काम ठप्प पार्ने निर्णय पनि गरेका छन् ।

त्यस्तै अध्यक्ष चौधरी र अधिकृत ज्ञवाली लगायतका कर्मचारीले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य भेटेर ज्ञापनपत्र दिई कडा कारवाहीको माग गरेका छन् ।

तर उपाध्यक्ष कुर्मीले आफूले हात छाडेको गाली मात्रै गरेको दावी गरेका छन् । ‘हाकिमले सरकारी गाडी दुरुपयोग गरेका छन्’ कुर्मीले भने, ‘हाकिम सरकारी क्वार्टरमा बस्दैनन् । गाडी लिएर गुल्मी जान्छन् । मैले सरकारी गाडी लिएको छैन । एक दिन गाडी माग्दा निर्णय माग्ने ?’ उनले थपे, ‘आफ्नो अधिकारले पाएका विषयवस्तुमा तोकआदेश गर्दा बेवास्ता गर्दै फर्काउने गरेको र काम विशेष कार्यालयको गाडी माग्दा नदिएकाले विवाद भए हो ।’ 

अनुगमनको विषयमा पनि हाकिम र अध्यक्षले आफूलाई एक्लै पार्दै आएको उनको भनाइ छ ।

उपाध्यक्ष कुर्मी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् भने, अध्यक्ष कमलेश लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा)बाट निर्वाचित हुन् । पालिकामा विवाद हुँदा यस अघि पनि समयमै बजेट आउन सकेको थिएन ।

nullnullnull

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x