१४ असार २०८३, आइतबार

चिकित्सकहरुलाई काममा फर्किन सरकारको आग्रह, प्रधानमन्त्री स्वदेश फर्केपछि माग पूरा गर्ने आश्वासन

कात्तिक २०, २०७४
 चिकित्सकहरुलाई काममा फर्किन सरकारको आग्रह, प्रधानमन्त्री स्वदेश फर्केपछि माग पूरा गर्ने आश्वासन

काठमाडौं ९ असोज– सरकारले आन्दोलनरत चिकित्सकहरुलाई तत्काल काममा फर्किन आग्रह गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सकहरूले उठाउँदै आएका माग प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि सम्बोधन गर्ने भन्दै काममा फर्किन चिकित्सकहरुलाई आग्रह गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।

उपचारका क्रममा चिकित्सकको लापरवाहीका कारण विरामीको मृत्यु भए सम्बन्धित चिकित्सकबाट नै क्षतिपूर्ति भराउने सरकारको निर्णयविरुद्ध चिकित्सकहरु आन्दोलनरत छन् ।

चिकित्सकको विरोधका कारण देशभरका सरकारी अस्पतालमा उपचारका लागि गएका विरामीको बिचल्ली भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्