०२ साउन २०८३, शनिबार

जाजरकोट भूकम्प : तत्काल उद्धारमा जुट्न सभामुखको अपिल

कात्तिक १८, २०८०
काठमाडौं
जाजरकोट भूकम्प : तत्काल उद्धारमा जुट्न सभामुखको अपिल

सभामुख देवराज घिमिरेले जाजरकोटमा गएराति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धारमा जुट्न अनुरोध गरेका छन् ।

उनले उद्धार र राहतमा सक्रियरूपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गरेका हुन् ।

सभामुख घिमिरेले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, 'जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दछु । उद्धार र राहतमा सक्रियरूपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गर्दछु ।'

गए राति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४  म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पमा परी हालसम्म एक सयभन्दा बढीको ज्यान गएको छ भने सयौंको सङ्ख्यामा घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्