०२ साउन २०८३, शनिबार
टी-२० विश्वकप छनोट

नेपाललाई उपाधि जित्ने अवसर, फाइनलमा ओमानसँग भिड्दै

कात्तिक १९, २०८०
काठमाडौं
नेपाललाई उपाधि जित्ने अवसर, फाइनलमा ओमानसँग भिड्दै

आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिको छिनोफानो आज (आइतबार) हुँदैछ । छनोटको फाइनलमा नेपालले आज ओमानको सामना गर्दै छ । दुई देशबीचको खेल ११ बजे बिहान टीयू क्रिकेट मैदानमा शुरू हुनेछ । 

नेपालले सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै र ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । 

पछिल्ला पाँच टी-२० खेलमा नेपाल तीन र ओमान दुई खेलमा विजयी भएका छन् । 

समूह एमा रहँदै प्रतियोगिताको शुरूआत गरेका दुवै टिम लिग चरणमा समेत भेटेका थिए । सो खेलमा ओमानले नेपाललाई हराएको थियो । नेपाल आज त्यही हारको बदला लिने लक्ष्यसाथ मैदान उत्रनेछ । 

दुवै टोली २०२४ को विश्वकपमा छनोट भइसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्