२१ असार २०८३, आइतबार

भूकम्पपीडित राहत कोषमा कांग्रेसका सबै सांसदले १५ दिनको तलब जम्मा गर्ने

कात्तिक १९, २०८०
काठमाडौं
भूकम्पपीडित राहत कोषमा कांग्रेसका सबै सांसदले १५ दिनको तलब जम्मा गर्ने

नेपाली कांग्रेसका संघीय सांसदले १५ दिनको पारिश्रमिक जाजरकोट भूकम्पपीडितको राहत र उद्धारको लागि सहयोग गर्ने भएका छन् । ​

कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय संसद्‌मा आफ्नो पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरूको १५ दिन बराबरको पारिश्रमिक रकम सहयोग स्वरूप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

कात्तिक १७ गते शुक्रवार राति ११ः४७ बजे जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठूलो संख्यामा मानवीय, भौतिक क्षति र सयौं घाइते भएको घटनाप्रति कांग्रेसले संसदीय दल कार्यसमितिले दुःख व्यक्त गरेको छ । 

बैठकले उक्त विनाशकारी भूकम्पमा परी जीवन गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

साथै कांग्रेसको भूकम्पपछि सहयोगको सहजीकरणको लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्