०२ साउन २०८३, शनिबार
जाजरकोट भूकम्प

भूकम्पको कारुणिक तस्बिर, यसरी गरियो १३ जनाको सामूहिक दाहसंस्कार

कात्तिक १९, २०८०
जाजरकोट
भूकम्पको कारुणिक तस्बिर, यसरी गरियो १३ जनाको सामूहिक दाहसंस्कार

शुक्रबारको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाएकाहरुको आइतबार सामूहिक दाहसंस्कार गरिएको छ ।  जाजरकोटको नलगाड नगरपालिका–१ चिउरी गाउँका १३ जनाको सामूहिक दाहसंस्कार गरिएको हो ।

चिउरी गाउँमा एकै परिवारका चार जनासहित पाँच बालबालिका, चार महिला र चार पुरूषको घटनास्थलमै मृत्यु भएको थियो । एकै वडाका १७ जनाको मृत्यु भएकोमा चिउरी गाउँका मात्र १३ जना थिए । 

null

नलगाडको वडा नम्बर १ मा ४५ वर्षीया चन्द्रकली कामी, ५५ वर्षीय हिरे कामी, चार वर्षीयका सुशान्त परियार, आठ वर्षीय विनय परियार, १० वर्षीया सपना विक, १६ वर्षीया अमृता पुन, चार वर्षका विशाल विक, २४ वर्षीया मनिषा विक, २३ वर्षीय सुजल विक, ५८ वर्षका दत्तबहादुर कुमाइको निधन भएको थियो । 

nullचौबीस वर्षीय भीमसेन विक, चार वर्षका सन्दीप विक, २१ वर्षीया कमला विक, सात वर्षीय प्रदेश विक, १४ वर्षीया विमला विक र १२ वर्षीय सुनिल विकको पनि शुक्रबार राति नै घरमा पुरिएर मृत्यु भएको थियो । चौध वर्षीया विनिता पुनको पनि भूकम्पममा पुरिएर शुक्रबार राति नै ज्यान गएको प्रहरीले जनाएको छ ।  

नलगाड नदीको किनारमा उनीहरूको दाहसंस्कार गरिएको हो । 

nullnullnullnull


 

salt training

कमेन्ट गर्नुहोस्