
हिमालयन बैंक लिमिटेडले जाजरकोट भूकम्प पीडितका लागि २१ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोटको खलंगा र मुसिकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितहरूका लागि राहत सामग्री प्रदान गरेको हो ।
बैंकले मंगलवार अत्यावश्यक खाद्यान्न दाल, चामल, नुन र तेल खरिद गरी जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई प्रदान गरेको हो ।

यस्तै, यही कात्तिक २२ गते बुधवार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई राहत सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
गत शुक्रवार राति ११ः४७ बजे जाजरकोट केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टरस्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका १५३ जनाको मृत्यु भएको थियो । यस्तै ३७२ जना घाइते भएका थिए ।