
मुगु, २७ पुस– अवतण गर्ने क्रममा गोमा एयरको टायर पञ्चर भएको छ ।
मुगुको ताल्चा विमानस्थलमा अवतरण गर्ने क्रममा गोमा एयरको विमानको पछाडिपट्टीको टायर पञ्चर भएको थियो ।
बाँकेको नेपालगञ्ज विमानस्थलबाट १५ यात्रुसहित आएको गोमा एयरको ट्वीनअटर विमान मुगुको रारा ताल्चा विमानस्थलमा अवतरण गर्दै गर्दा टायर पन्चर भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
यसैबीच, गोमा एयरले भने टायर पङ्चर नभइ धावन मार्गमा टायर रगडिएको मात्र भएको दावी गरेको छ । ‘ल्याण्ड गर्दा टायर रगडिएकोले फेरिएको मात्र हो’ गोमा एयरका प्रशासन प्रमुख रञ्जन भट्टराईले भने, ‘टायरबाट हावा पनि निस्केको छैन् ।’