
सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद गरेको छ ।
इन्टेलिजेन्स ब्यूरोले रौतहटस्थित यमुनामाइ नगरपालिका ३ स्थित एक घरबाट आइतवार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ गोटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नालसमेत बरामद भएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सो घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा ब्यूरोले आइतवार दिउँसो सो घरमा खानतलासी गरेको थियो ।
बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन यूएसए र एक नाल मेडइन इन्डिया लेखिएको छ ।
हतियारसहित मोबाइलको सोमकार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकतासमेत बरामद भएको डीएसपी थापाले बताए ।
सो क्षेत्रमा थप अप्रेशन जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अप्रेशन जारी रहेकाले केही व्यक्ति घरभित्रै ढोका थुनेर बसेका छन् ।