२२ असार २०८३, सोमबार

रूपन्देहीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

मंसिर ४, २०८०
बुटवल
रूपन्देहीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

रूपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमास्थित ड्राइभरटोलमा सोमबार ट्रकले ठक्कर दिँदा दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा एक महिला र एक पुरुष छन् । 

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ना ६ ख ८१६१ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा तिलोत्तमाका माधव देवकोटा र उनीसँगै मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको हो । 

देवकोटा सहकारी अभियान्तासमेत हुन् । महिलाको परिचय खुलेको छैन ।

मृतकहरू दुवैको शव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्