
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरू भएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको हलमा जारी बैठकमा बिहीवार काठमाडौंमा गर्न लागेको प्रदर्शन र मंसिर १४ देखिको अभियानको विषयमा छलफल हुनेछ ।
बैठकले भोलि युवा संघ र अनेरास्ववियूले महंगी, मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गर्दैछ । साथै गणतन्त्र, संघीयता र राष्ट्रिय सुरक्षामा प्रश्न उठाउने काम भएको भन्दै एमाले यी विषयमा पनि खबरदारी गर्ने जनाएको छ ।
साथै बैठकमा दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म हुने संकल्प अभियानका विषयमा पनि छलफल हुनेछ । यसलाई एमालेले 'समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको छ ।
यो अभियानलाई व्यवस्थित बनाउनेसहितका विषयमा एमालेले पार्टीको धारणा तय गर्ने तयारी गरेको हो ।