३१ असार २०८३, बुधबार
मध्यराति घरमा आगलागी

बर्दियाको एक घरमा आगलागी: चार जनाको मृत्यु, एक घाइते

मंसिर ९, २०८०
काठमाडौं
बर्दियाको एक घरमा आगलागी: चार जनाको मृत्यु, एक घाइते

बर्दियाको गुलरियास्थित एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । गएराति नगरपालिकाको वडा नम्बर ४ स्थित तुलापुर केराबारी भन्ने ठाउँमा एउटा घरमा आगलागी हुँदा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिंह बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिश्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

राति साढे १० बजेतिर आगलागी भएको थियो । आगो राति नै नियन्त्रणमा आइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्