२२ असार २०८३, सोमबार

पाल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

मंसिर ९, २०८०
काठमाडौं
पाल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पामा ट्र्याक्टर दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा पूर्वखोला गाउँपालिका-५ कर्नेडाँडाका ट्र्याक्टर चालक ४० वर्षीय चन्द्रबहादुर कामूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको हो । 

कर्नेडाँडाबाट पोखरीछापतर्फ जाँदै गरेको  लु ४  त ६५५३ नम्बरको खाली ट्र्याक्टर शुक्रबार दिउँसो अनियन्त्रित दुर्घटना भएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । 

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्