०१ साउन २०८३, शुक्रबार

भारतविरुद्ध अस्ट्रेलियाको रोमाञ्चक जीत, म्याक्सवेलले बनाए कीर्तिमानी शतक

मंसिर १३, २०८०
काठमाडौं
भारतविरुद्ध अस्ट्रेलियाको रोमाञ्चक जीत, म्याक्सवेलले बनाए कीर्तिमानी शतक

ग्लेन म्याक्सवेलको विश्व कीर्तिमानी शतकको मद्दतमा अस्ट्रेलियाले तेस्रो टी-२० आई सिरिजमा भारतविरुद्ध ५ विकेटको रोमाञ्चक जीत हात पारेको छ । 

गएराति भएको खेलमा जितको लागि पाएको २२३ रनको विशाल लक्ष्य अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । अस्ट्रेलियालाई जिताउन ग्लेन म्याक्सवेल ४८ बलमा ८ चौका र ८ छक्कासहित १०४ रन बनाउँदै अविजित रहे । 

यो ग्लेन म्याक्सवेलको टी-२० आई करिअरको चौथो शतक हो । ग्लेन म्याक्सवेलले टी२० आईमा सर्वाधिक शतकको कीर्तिमान बराबर गरेका छन् ।

उनले भारतीय रोहित शर्माको ४ शतकको कीर्तिमान बराबर गरेका हुन् । म्याक्सवेलको चारमध्ये तीन शतक भारतविरुद्ध छ ।

अस्ट्रेलिया ओपनर ट्रविस हेड १८ बलमा ८ चौकासहित ३५ रनमा आउट भए । आरोन हार्डी १६, जोश इंग्लिस १०, मार्कस स्टोइनिस १७ र टिम डेविड १७ रनमा आउट भए ।

त्यसअघि पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । भारतका ओपनर ऋतुराज गायकवाडले ५७ बलमा १३ चौका र ७ छक्कासहित १ सय २३ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्