२९ असार २०८३, सोमबार
दुर्घटना

रुपन्देहीमा स्कूल बसको ठक्करबाट २ जनाको मृत्यु, आक्रोशित स्थानीयले गरे बसमा आगजनी

मंसिर १६, २०८०
बुटवल
रुपन्देहीमा स्कूल बसको ठक्करबाट २ जनाको मृत्यु, आक्रोशित स्थानीयले गरे बसमा आगजनी

रुपन्देहीमा स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ मा आज बिहान सिद्धार्थ बोर्डिङ स्कूलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलमा ३ जना सवार रहेका थिए । उनीहरू मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा महम्मद इसाद र १६ वर्षकै रूपसना खातुनको घटनास्थलमै मृत्यु भएको हो । ​मोटरसाइकलमा सवार १२ वर्षकै अप्सना खानुतको घाइते भएकी छन । घाइतेको भैरहवामा उपचार भइरहेको छ ।​​​

ठक्कर दिने बसमा स्थानीयले आगो लगाइदिएका छन् । दुर्घटना भएको क्षेत्रमा स्थानीयले अहिले प्रदर्शन गरिरहेका छन् ।

दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्