२२ जेठ २०८३, शुक्रबार

ट्राभल्सको युजर आईडी ह्याक : १ करोड ९९ लाखको टिकट चोरी, थप १ जना पक्राउ

मंसिर १६, २०८०
काठमाडौं
ट्राभल्सको युजर आईडी ह्याक : १ करोड ९९ लाखको टिकट चोरी, थप १ जना पक्राउ
फाइल फोटो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एयरलाइन्सको टिकट चोरी गरेको घटनामा थप एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पर्वत घर भएका मस्याङ्दी ट्राभल्सका सञ्चालक ४७ वर्षीय हरिप्रसाद सुवेदी रहेका सीआईबीका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए ।

उनले भने, ‘जियोल्याण्ड ट्राभल्सको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा सुवेदीलाई पक्राउ गरिएको छ । उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ ।’

यसअघि यही मङ्सिर ६ गते ब्यूरोको टोलीले सामाखुसीस्थित मस्याङ्दी ट्राभल्सका म्यानेजर नारायण सुवेदीलाई पक्राउ गरेको थियो ।​

आरोपीहरुले बालुवाटारस्थित जियोल्याण्डको युजर आइडी ह्याक गरेर जजिरा र एयर अरेबियाको टिकट चोरी गरेको आरोप छ ।​

ह्याकरहरूले पटक-पटक गरेर रू एक करोड ९९ लाख ८२ हजार रकम बराबरको टिकट चोरी गरेको ब्यूरोको अनुसन्धानबाट खुलेको प्रवक्ता कुँवरले बताए ।

उनले भने, ‘अहिलेसम्म कम्तीमा पनि तीन सय ३७ नेपाली र विदेशी नागरिकका नाममा अवैध तरिकाले टिकट चोरी गरेको भेटिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्