१० साउन २०८३, आइतबार

जनजाति महासङ्घको महाधिवेशन जेठमा

मंसिर १७, २०८०
काठमाडौं
जनजाति महासङ्घको महाधिवेशन जेठमा

नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको महाधिवेशन आगामी जेठमा हुने भएको छ । महासङ्घको अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षतामा शुक्रबार भएको केन्द्रीय कार्यसमितिको पाँचौँ पूर्ण बैठकले  प्रथम राष्ट्रिय महाधिवेशन आगामी जेठ २६ गतेदेखि काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको हो ।

महाधिवेशन आयोजनाका लागि अध्यक्ष घर्तीमगरको संयोजकत्वमा केन्द्रीय कार्यसमिति सदस्यहरू, महासङ्घमा आबद्ध जातीय सङ्घका केन्द्रीय अध्यक्ष, उपत्यकाका जिल्ला अध्यक्ष रहेको एक सय एक सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको महासङ्घले जनाएको छ । 

महाधिवेशन कार्यतालिका अनुसार ७७ वटै जिल्लामा कार्यसमितिको अधिवेशन तयारी बैठक केन्द्रीय प्रतिनिधिको उपस्थितिमा यही मङ्सिर ३० गते हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्