
लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले विद्यालयमा लागुऔषध दुर्व्यसन रोकथामसम्बन्धी जनचेतानामूलक कार्यक्रम शुरू गरेको छ ।
‘लागुऔषध दुर्व्यसन रोकथामका लागि प्री ग्रुप एजुकेसन’ नामक जनचेतनामूलक कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई प्रशिक्षण शुरू गरिएको ब्यूरोका एसएसपी गोविन्द थपलियाले जानकारी दिए ।
‘हामीले विद्यालयस्थरमा जनचेतनाका लागि देशभरका विद्यालयमा प्रशिक्षण शुरू गरेका छौं,’ एसएसपी थपलियाले लोकान्तरसँग भने ।
ब्यूरोले आज कोटेश्वरको नवज्योति माध्यमिक विद्यालयका २० जना विद्यार्थीलाई प्रशिक्षण दिएको छ ।