२५ जेठ २०८३, सोमबार

मधेस प्रदेशमा लागूऔषध दुर्व्यसनविरुद्धको अभियान सुरु

मंसिर १७, २०८०
धनुषा
मधेस प्रदेशमा लागूऔषध दुर्व्यसनविरुद्धको अभियान सुरु

मधेस प्रदेशका आठवटै जिल्लामा लागूऔषधबारे चेतना फैलाउने उद्देश्यले ‘लागूऔषधविरुद्धको अभियान’ सुरु भएको छ । 

मधेस प्रदेश प्रहरी कार्यालयले आज महोत्तरीको बर्दिबासमा आयोजना गरेको कार्यक्रममा अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा बढ्दै गएको लागूऔषधको गैरकानुनी प्रयोग र त्यसबारेमा समुदायस्तरमा जागरण ल्याउने अभियान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

अभिभावकले आफ्ना सन्तानहरुमाथि निगरानी बढाउने र दुव्र्यसनबारे समयमै सचेत गराउन सकेमा धेरै समस्या समाधान हुने भन्दै सबैलाई सचेत रहन आग्रह गरे । 

गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समीमले लागूऔषधले युवाहरुको भविष्य अन्धकारमय बनाउने बताउँदै त्यसविरुद्ध सबै पक्ष एकजुट हुनुपर्ने बताए । 

मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले प्रदेशको आठवटै जिल्लामा लागूऔषधको कुलतमा लागेका युवालाई मनोपरामर्श दिने, दुव्र्यसनका सम्भावित कारण र परिणामबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियानका क्रममा विभिन्न कार्यक्रम गरिने जानकारी दिए । 

मधेस प्रदेशका पूर्वगृह तथा सञ्चारमन्त्री एवम् प्रदेशसभा सदस्य भरतप्रसाद साह, प्रदेशसभा सदस्य शारदा थापा, बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीलगायतले दुव्र्यसनविरुद्ध सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्