३० असार २०८३, मंगलबार

टिकटक प्रतिबन्धविरुद्धको रिटमाथि आज सुनुवाइ

मंसिर १९, २०८०
काठमाडौं
टिकटक प्रतिबन्धविरुद्धको रिटमाथि आज सुनुवाइ

चिनियाँ भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मंगलबार सुनुवाइ हुने भएको छ । यसअघि सर्वोच्चले सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो । 

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । 

न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । 
गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले समाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सोमबारमात्रै सम्पादकहरुसँगको छलफमा प्रधानमन्त्री प्रचण्डले टिकटकलाई फेरि खुलाउन सरकार सकारात्मक रहेको बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्