
टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा मंगलवार सुनुवाइ हुन सकेन ।
न्यायाधीश सुष्मालता माथेमा र प्रकाश शर्माको इजलासमा पेसी तोकिए पनि रिट हेर्न नभ्याइनेमा परेको हो । रिटको पेसी सूचीको अन्तिमतिर २६ औं नम्बरमा थियो ।
अधिवक्ता स्वागत नेपालसहितले दायर गरेका रिटमाथि यसअघि सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।
सरकारले कात्तिक २७ गते नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारको निर्णयविरुद्ध परेका रिटमा सर्वोच्चले मंसिर ५ गते कारण देखाऊ आदेश जारी गरेको थियो ।