×

NMB BANK
NIC ASIA

प्रकाशको विवादित क्लिपलाई लिएर निर्माण टिमले भन्यो - सञ्जालमा देखिएको दृश्य भिडियोमा छैन

‘अञ्जानमा भएको कार्यबाट कसैमा आँच पर्न गएको भएमा क्षमाप्रार्थी छौँ’

काठमाडाैं | मंसिर २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

‘कमाउने नी हो रमाउने नी हो’ गीतको भिडियोमा सामाजिक सञ्जालमा देखाइएको जस्तो दृश्य प्रयोग नभएको यसको निर्माण टिमले जनाएको छ । 

Muktinath Bank

पुरानो म्युजिक भिडियो छायांकन बेलाको क्लिपलाई लिएर केही दिनयता यसका मोडल प्रकाश सपूतको आलोचना भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त दृश्यमा सपूत र मोडल जुना विश्वकर्मा वसन्तपुरको एक पानी ट्यांकीमाथि नाचिरहेका छन् । उक्त ट्याङकी ‘जीवित देवी’ कुमारीले खानेपानीका लागि प्रयोग गर्ने रहेको र ट्याङकीमाथि नाचेर सपूतले नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको भन्दै उनको आलोचना गरिएको हो । ​


Advertisment
Nabil box
Kumari

बुधवार गीतको निर्माण कम्पनी शुभारम्भ डिजिटल म्युजिक प्रा.लिले एक विज्ञप्ति जारी गर्दै उक्त दृश्य आधिकारिक भिडियोमा प्रयोग नभएको प्रष्ट पारेको हो । साथै, सुटिङ हुँदा दर्शकहरूले खिचेर सामाजिक सञ्जालमा राखेको भिडियो भाइरल भएको कम्पनीले स्पष्ट पारेको छ ।

Vianet communication
Laxmi Bank

आफूहरूले अनुमति लिएर महानगरपालिकालाई नियमानुसार राजश्व बुझाएर उक्त गीत खिचिएको समेत निर्माण कम्पनीले जनाएको छ ।

भिडियोमा समावेश नगरिएको क्लिपलाई लिएर गीतका मोडल प्रकाश सपूतमाथि गालीगलौज तथा लाञ्छना लगाउने कार्य नगर्न समेत कम्पनीले सबैमा आग्रह गरेको छ ।

‘हाम्रो उद्देश्य कसैको आस्था, प्रथा, परम्परा र संस्कृतिप्रति अहित हुने कार्य गर्नु होइन । अञ्जानमा भएको कार्यबाट कसैमा आँच पर्न गएको भएमा हामी क्षमाप्रार्थी छौँ’ विज्ञप्‍तिमा भनिएको छ । 

‘कमाउने नी हो रमाउने नी हो’ चार महिना अगाडि सार्वजनिक तीज विशेष गीत हो ।

खेम सेञ्चुरी र सुनीता बुढा क्षेत्रीको स्वर रहेको गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका थिए ।

गीत तीजमा निकै चलेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x