०३ असार २०८३, बुधबार

झापा र सुनसरीमा यातायात बन्द गर्दै हिँड्ने ९ जना पक्राउ

मंसिर ३०, २०८०
विराटनगर
झापा र सुनसरीमा यातायात बन्द गर्दै हिँड्ने ९ जना पक्राउ
फाइल फोटो

कोशी प्रदेशको सुनसरी र झापामा यातायात बन्द गर्दै हिँड्ने ९ जना पक्राउ परेका छन् ।

यातायात बन्द गर्दै हिँड्ने पहिचानवादी समूहका ९ जनालाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ पर्नेमा धरानमा बन्द गराउँदै हिँड्ने राष्ट्रिय जनमुक्ति पार्टी (सुनसरी सचिव) संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, जसपा धरान १५ का अध्यक्ष हरि राई, जसपा युवासंघ सुनसरी अध्यक्ष करूण राई, जसपा धरान सहसचिव सुमन चेम्जोङ लिम्बू र किराँत राई यायोख्खा सुनसरी सहसचिव शम्भु राई छन् ।​​​​

यसैगरी झापाको कमल गाउँपालिका ३ केर्खामा यातायात बन्द गर्न खोज्ने संघीय लोकतान्त्रीक मञ्च नेपालमा आबद्ध इलाम चुलाचुलीका ध्रुव लावती, सिवसताक्षी नगरपालिका ७ का लिम्बुवान कार्यकर्ता उदयशिगु लिम्बू, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जसकुमार तामाङ र संघीय लिम्बुवान चुलाचुली अध्यक्ष नरेन्द्र लिम्बू झापाबाट पक्राउ परेका हुन ।

नेकपा एमालेको सङ्कल्प यात्रा बिथोल्न खोजेको आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै पहिचानवादी मोर्चाले शनिवार कोशी प्रदेशमा यातायात बन्दको आह्वान गरेको थियो । 

बन्दको आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्