३१ असार २०८३, बुधबार

चिसो बढ्दै, सतर्कता अपनाउन आग्रह

पुस २, २०८०
काठमाडौं
चिसो बढ्दै, सतर्कता अपनाउन आग्रह

 जल तथा मौसम विज्ञान विभागले चिसो बढ्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । हिमपात तथा देशभरको तापक्रम घट्ने क्रममा रहेको र यसबाट स्वास्थ्यमा असर पर्न सक्नेतर्फ सचेत गराउँदै विभागले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको हो । 

विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । 
अहिले लुम्बिनी प्रदेशलगायत देशका केही पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्