२५ असार २०८३, बिहीबार

राक्सिराङ गाउँपालिकाले दियो क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा

पुस ८, २०८०
काठमाडौं
राक्सिराङ गाउँपालिकाले दियो क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा

मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसका अवसरमा ३ दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकामा इसाई धर्मावलम्वीहरूको उल्लेख्य बसोबास रहेको भन्दै क्रिसमस मनाउन पालिकाले आजदेखि तीन दिनसम्म बिदा दिएको हो । 

'इसाई धर्मावलम्वीहरूको उल्लेख्य बसोबास रहेको यस गाउँपालिकामा मिति २०८० पुस ८, ९ र १० गते तदअनुसार सन् २०२३ डिसेम्बर २४, २५ र २६ तारिख (३ दिन) सार्वजनिक विदा दिने निर्णय भएकाले उक्त अवधिमा गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम बैङ्क तथा वित्तीय संस्थाहरू बन्द रहने व्यहोरा अवगत गराइन्छ,' गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ । 

गाउँपालिका आइतबारदेखि मंगलबारसम्म सार्वजनिक बिदा दिने निर्णय गर्दै गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, शिक्षण संस्था, सरकारी कार्यालय एवम् बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने जानकारी दिएको छ ।

यस्तो छ सूचना

null


 

salt training

कमेन्ट गर्नुहोस्