
नवलपरासी पूर्वस्थित विनयीत्रिवेणीको खहरे जंगलमा दुई महिलाको शव फेला परेको छ । मृतक सासूबुहारी भएको प्रहरीले जनाएको छ ।
आइतवार घाँस काट्न भनेर जंगल गएकी ६० वर्षीया मनादेवी पौडेल र उनकी बुहारी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि मध्यविन्दु अस्पतालमा राखिएको छ ।
मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।