२१ असार २०८३, आइतबार

१३ वर्षीया बालिका बलात्कारको अभियोगमा पक्राउ

कात्तिक २०, २०७४
१३ वर्षीया बालिका बलात्कारको अभियोगमा पक्राउ


दमक, १६ असोज - तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्लाको शिवसतासी नगरपालिकाबाट एक जना युवक पक्राउ परेका छन् ।minor-rape-main

पक्राउपर्नेमा शिवसतासी–७ का २९ वर्षीय नन्दलाल भुर्तेल रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

पीडितका आफन्तले दिएको उजुरीका आधारमा भुर्तेललाई तीन दिनअघि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेकोे इप्रका झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवले जानकारी दिए ।

अनुसन्धानका क्रममा भुर्तेलले आफ्नो गल्ती स्वीकार गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्