३० जेठ २०८३, शनिबार

राइड शेयरिङ एप टुटलका संस्थापक भट्ट पक्राउ​

पुस २०, २०८०
काठमाडौं
राइड शेयरिङ एप टुटलका संस्थापक भट्ट पक्राउ​

राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बिहीवार राति पक्राउ गरेको हो ।

प्रतिलिपि अधिकारको उल्लंघन र आपराधिक विश्वासघात गरेको आरोपमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले लोकान्तरलाई जानकारी दिए ।

प्रहरीका अनुसार यो विवाद टुटलसँगै सम्बन्धित रहेको छ ।​​

उनीविरुद्ध शुरूमा प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी परेको थियो ।​ त्यसपछि प्रहरीसम्म पुगेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्