०६ साउन २०८३, बुधबार
फेरि चल्यो गोली

सर्लाहीमा प्रहरीले गोली चलायोः १ जनाको मृत्यु

पुस २०, २०८०
काठमाडौं
सर्लाहीमा प्रहरीले गोली चलायोः १ जनाको मृत्यु

सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि भन्दै प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

गोली लागेर मृत्यु हुनेमा बरहथवा–५ का जयशंकर शाह रहेको प्रहरीले जनाएको छ ।

बरथहवा नगरपालिका मेयरको घरमा आगजनी गरेपछि शुक्रवार गोली चलाइएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता दीपेन्द्र पञ्जियार थारूले लोकान्तरलाई बताए । 

स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।

‘मेयरसाबको घरमा पनि आगजनी भएको छ । ७ जना प्रहरी पनि घाइते भएका छन्,’ प्रवक्ता पञ्जियारले भने ।

salt training

कमेन्ट गर्नुहोस्