२४ जेठ २०८३, आइतबार

चार दिनदेखि बेपत्ता पुरुष मृत भेटिए

पुस २०, २०८०
काठमाडौं
चार दिनदेखि बेपत्ता पुरुष मृत भेटिए

सिमकोट–चार दिनदेखि बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । 

सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी मृतावस्थामा फेला परेको उनका आफन्त भक्तराज ऐडीले जानकारी दिए । 

यही पुस १६ गते बेलुका गोठमा बाख्रा भित्र्याउन गाउँ नजिकैको खर्कमा गएका बुढाथोकी हराएका थिए । गाउँ नजिकैको अल्का ढुस्काको भीरबाट खसेर मृत्यु भएको स्थानीयवासी जीवन ऐडीले बताए ।

मृतक बुढाथोकीको हिन्दू परम्पराअनुसार शुक्रवार अन्तिम दाह संस्कार गरिएको भक्तराजले जानकारी दिए । –रासस–

salt training

कमेन्ट गर्नुहोस्