२९ जेठ २०८३, शुक्रबार

समाजवादी खस संघको अध्यक्षमा थापा,  ४४ सदस्यीय समिति घोषणा

पुस २१, २०८०
काठमाडौं
समाजवादी खस संघको अध्यक्षमा थापा,  ४४ सदस्यीय समिति घोषणा

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट भ्रातृसंगठन समाजवादी खस संघ, नेपाल केन्द्रीय समिति घोषणा भएको छ । 

शनिबार बालकुमारीमा आयोजित भेलाले प्रेमनारायण थापाको अध्यक्षतामा ४४ सदस्यीय समिति गठन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष सिलवाल, उपाध्यक्षहरुमा हरिकला चौंलागाई, दिलु खड्का, दुर्गा सुवेदी, खेमराज खड्का, मधुकर न्यौपाने, रामबहादुर जाग्री रहेका छन् ।
 
भेलाबाट संगठननको महासचिवमा केबी अधिकारी चयन भएका छन् भने उपमहासचिवमा भीमजंग शाह, सचिव निरजबहादुर बिसी र कोषाध्यक्षमा जया थापा भण्डारी चयन भएका छन् ।
नव गठीत समितिको घोषणा पार्टीका राजनीतिक समिति सदस्य एवम् प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले गरको थिए ।

पार्टीका राजनीतिक समिति सदस्य दीपक कार्कीको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममको सञ्चालन पार्टीका केन्द्रीय सदस्य अर्जुन लम्सालले गरेका थिए ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ्ग  लगायत नेताहरु उपस्थित रहेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्