२४ जेठ २०८३, आइतबार

१० क्विन्टल ६ किलो गाँजासहित एक जना पक्राउ

पुस २१, २०८०
काठमाडौं
१० क्विन्टल ६ किलो गाँजासहित एक जना पक्राउ

सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर चोकबाट १० क्विन्टल ६ किलो अवैध लागूऔषध गाँजा र १ लाख रूपैयाँसहित धनकुटा सहिदभूमि गाउँपालिका-४ बस्ने ३२ वर्षीय विषेश राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएका संयुक्त प्रहरीले बालुवा लोड भएको को.१ ख ५८३१ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा बालुवाभित्र लुकाई छिपाई २८ वटा बोरामा राखेको उक्त परिमाणको गाँजा फेला पारी टिपर चालक राईलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्